काठमाडौं ।
आइतबारका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अध्यक्ष केपी ओली पक्षले आइतबारका लागि डाकेको बैठक एक दिन पर सरेको हो ।
आन्तरिक गृहकार्य र पार्टी एकता लगायत विषयमा थप छलफल गर्नु परेकाले बैठक सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठक सोमबारका लागि सारिएको उहाँले बताउनुभयो । सोमवार सुरुमा स्थायी कमिटी र त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने तामाङले जानकारी दिनुभयो ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठकबाट सम्मानजनक एकतामा जोड दिएपछि ओलीले बैठक बोलाउनुभएकोे हो । नेपाल पक्षले सदस्यता वितरणलगायतका काम रोक्नआग्रह गरेको छ ।
तर, ओली पक्षले भने सांगठनिक काम रोक्न नदिने प्रतिक्रिया दिएको छ । ओलीले बोलाएको बैठकमा नेपाल पक्ष भने अनुपस्थित रहँदै आएको छ ।







प्रतिक्रिया