२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एकता हुन्छ कि हुन्न ओली पक्षको आजको बैठकबाट प्रष्ट हुन्छः नेपाल



काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पार्टीमा एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन् । साथै एकता हुन्छ कि हुन्न भन्ने ओली पक्षको आज (आइतबार) को बैठकबाट प्रष्ट हुने बताए ।

शनिबार दोलखा काठमाडौं सम्पर्क मञ्चको भर्चुअल बैठकलाई भर्चुअल सम्बोधन गर्दै नेता नेपालले आफूहरु सम्मानजनक एकताकै पक्षमा रहेको बताए । एमालेलाई एकतावद्ध गर्न अध्यक्ष ओलीलाई अन्तिम मौका दिएको भन्दै उनले अघि भने, ‘उहाँले २४ गतेको कथित बैठक रोक्नुहुन्छ कि रोक्नु हुन्न रु पार्टी सदस्यता वितरणलाई रोक्नु हुन्छ कि रोक्नुहुन्न रु वडा तहसम्म अधिवेशन गर्ने काम रोक्नु हुन्छ कि रोक्न हुन्न रु गाली गलौजको गोलाबारुद बन्द हुन्छ कि हुँदैन रु त्यसबाट उहाँ के चाहनुहुन्छ भन्ने प्रष्ट हुन्छ ।’

संकेत भने राम्रो नरहेको र ओली सुध्रिएला भन्ने आफूलाई नलागेको समेत उनले सुनाए । ‘सुध्रिहाले भने मैले आग्रह पालेको रहेछु कि क्या हो भनेर ठान्ने छु,’ नेता नेपालले भनेका छन्, ‘यदि सुुध्रिएनन भने हामीले के गर्ने रु त्यहाँ गएर फस्ने, चिच्याउने, कराउने, टाउकोमा हात राखेर बस्ने रु त्यो मञ्जुर छैन ।’

उनले ओली सुध्रिएनन्, तर तर समस्या पनि बनेनन् भने पार्टी एकता हुनसक्ने उनले बताए । यसो गर्न विवादित विषयहरु थाती राख्ने र पार्टीको माइन्युटमा दुई नेताको हस्ताक्षर चलाउने व्यवस्था गर्नुपर्ने नेता नेपालको अडान छ ।

ओली, एमालेको अध्यक्ष भएको ७ वर्ष पुगिसकेको, प्रधानमन्त्री पनि भइसकेकाले विदा गर्न पाए राम्रो हुने उनले बताए । त्यसमा सहमति नभए छिटो महाधिवेशन गर्ने र त्यसअघि दुई नेताको हस्ताक्षर गर्ने प्रबन्ध गर्नुपर्ने बताए । उनले अघि भने, ‘दुई नेताको हस्ताक्षर हुने र समान हैसियतको दुबै व्यक्ति एउटै पदमा रहने अवस्था भएन भने केपी ओलीले कसैले टेर्ने छैनन् ।’

माइन्युटहरुमा दुई नेताको हस्ताक्षर चल्नुपर्ने अडान पुष्टि गर्ने क्रममा उनले भने, ‘ओलीले २३ जना थपिसके । भोलि बहुमतका आधारमा निर्णय गर्न थाले भने हामीले के गर्ने रु टाउकोमा हात राखेर बस्छौं रु रोएर हिँड्छौं रु’

ओलीको चर्को आलोचना

सम्बोधनका क्रममा वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीको चर्को आलोचना गरे । ओलीले स्वेच्छाचारी ढंगले सरकार चलाउन नपाएपछि प्रतिनिधिसभा विघटन गरेको र यो प्रतिगामी कदम नै भएको नेता नेपालले बताए । प्रतिगामी कदमविरुद्ध आफूहरुले विद्रोह गरेको र सबैले साथ दिएका कारण असफल भएको उनको विश्लेषण छ । अहिले ओली सबैतिरबाट एक्लिएको, तर नचेतेको भन्दै उनले भने, ‘उहाँका पछिल्ला १० वटा भाषण हुन्नुस् । महेश बस्नेतहरुका भाषण सुन्न्स्, यसले राम्रो संकेत गर्छ रु’

अर्को पार्टी खोल्ने आफूहरुको चाहना नभएको तर, ओलीले एमालेलाई दक्षिणपन्थी भाषमा लगेको उनको आरोप छ । महन्थ ठाकुर र कमल थापासँग अहिले पनि ओलीको साँठगाँठ रहेको भन्दै उनले भने, ‘पार्टीलाई क्रान्तिकारी बनाउनुपर्छ भन्ने चाहिँ अपराधी, ओलीको दासता स्वीकार गर्नु चाहिँ क्रान्तिकारी हुन्छ रु

समानान्तर गतिविधि नरोक्नुस्

नेता नेपालले समानान्तर गतिविधि नरोक्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन् । जिल्ला कमिटी र जनवर्गीय संगठनहरु बनिसकेको भन्दै उनले अब सदस्यता नविकरण र प्रदेश कमिटीहरु पनि बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यकर्ताको मनोबल खस्काउनु अपराध हुने भन्दै उनले भनेका छन्, ‘पहिले आफ्नो एकता कायम राख्ने हो । केपी ओलीसँगको एकता दोस्रो कुरा हो ।’

यसरी अगाडि बढ्दा भोलि पार्टी एकताबद्ध हुँद कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आउने स्वीकार गरेका उनले त्यो चुनौती समाना गर्न सकिने बताएका छन् ।

सीमा नाघे डिभोर्स हुन्छ

वरिष्ठ नेता नेपालले ओली ओलीमा भएको व्यक्तिवाद र दक्षिणपन्थी विचलन नै अहिलेको समस्या भएको बताए । अहिलेसम्म आफूहरु सम्माजनक एकताकै पक्षमा रहेको, तर अनन्तकालसम्म वार्तामा बसेर नहुने उनले बताए ।

श्रीमान् र श्रीमतीबीच विवादमा त डिभार्स हुने भन्दै नेता नेपालले भने, ‘यदि केपी ओलीले भित्तामा पु¥याउन खोन्छन् भने हामी अर्को विकल्पका निम्ति तयार हुुनुपर्छ ।’

यद्यपि नयाँ पार्टी बनाउन हतार गर्न पनि जरुरी नभएको बताए । अब प्रदेशको संरुचना बनाए केन्द्रीय कमिटीको घोषणा मात्र बाँकी रहने नेता नेपालले बताए ।

नयाँ पार्टी बनाउँदा केही नेता कार्यकर्ता छुट्नसक्ने बताए । लालबाबु पण्डित, कृष्णभक्त पोखरेलहरुको नाम लिँदै उनले भने, ‘यस्ता मान्छेहरु भाग्छन्, टिक्ने टिक्छन्, ।’

प्रकाशित मिति : २४ श्रावण २०७८ आइतबार ००:००  ६ : ३१ बजे