२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

देउवाप्रति पौडेलको टिप्पणी : सर्वत्र असफल व्यक्तिहरू बारम्‍बार सत्ता समाल्न पुग्छन्



काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । सोमबार बिहान सामाजिक सञ्‍जालमा पौडेलले महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्‍ने निरीह अवस्थामा पुर्‍याइएको उल्लेख गरेका छन् ।

असफल व्यक्तिहरू बारम्‍बार सत्ता सम्‍हाल्‍न गएको देउवाप्रति टिप्पणी गरेका छन् । ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्‍ने निरीह अवस्थामा पुर्‍याइएको छु पौडेलले लेखेका छन् ‘यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ रु यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्‍बार सत्ता समाल्न पुग्छन् ।’

https://www.facebook.com/RCPaudelNepal/posts/4574924049205657

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  ७ : ३४ बजे