७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

कोरोनाको जस्तै प्रतिगमनको नयाँ भेरियन्ट आउन सक्छः भट्टराई



काठमाण्डौँ ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले कोरोनाको जस्तै प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने बताएका छन् ।

पहिलो असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्ने उनको भनाइ छ । पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भन्दै उनले दोस्रोले चाहिँ संविधानको आत्मा मार्ने उल्लेख गरेका छन् ।
कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है । पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ, भट्टराईले ट्विटरमा लेखेका छन्, ुपहिलोले संविधानको शरीर हत्या गर्दै थियो भने दोश्रो चाहिँ संविधानको आत्मा मार्नेगरी आउन सक्छ । अतः ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  ९ : १३ बजे