काठमाडौं ।
जसपा अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाइएको छ । निर्वाचन आयोगको आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको एक अधिकारीले जानकारी गराए ।
उनका अनुसार उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणी समितिले गरेको निर्णयलाई वैधता प्रदान गर्दै सो पार्टीको नेतृत्वको नाम अद्यावधिक गर्ने निर्णय भएको छ ।
निर्वाचन आयोगमा रहेको पार्टीको सूचीअनुसार ठाकुर अब जसपाको साधारण सदस्यमात्रै हुनेछन् । अब जसपाको केन्द्रीय कार्यकारिणी समिति ३५ सदस्यीय भएको छ । आयोगमा हेड काउन्ट गर्दा ठाकुर पक्षमा रहेका समिति सदस्यहरूको पनि पद गएको छ । उनीहरू पनि अब साधारण सदस्यमात्रै रहनेछन् ।







प्रतिक्रिया