२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

अनेरास्ववियु सोलुखुम्बुको नेतृत्वमा तेन्जी शेर्पा



सोलुखुम्बु ।
अनेरास्ववियु सोलुखुम्बुको अध्यक्षमा तेन्जी शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । नेकपा (एमाले) माधव नेपाल समूहको अनेरास्ववियुले देशैभर संगठन निर्माणलाई तीव्र पारे संगै सोलुखुम्बुमा शेर्पाको अध्यक्षतामा १९ सदस्यिय जिल्ला कमिटी गठन भएको हो ।

मंगलबार सल्लेरीमा भएको भेलाले गठन गरेको कमिटीको उपाध्यक्षमा किरण निरौला, सचिवमा दिवस कुलुङ, सहसचिवमा सन्ताबिर तामाङ, कोषाध्यक्षमा मिङ्मा याङजी शेर्पा चयन हुनुभएको छ ।

सदस्यहरुमा सुजिता कुलुङ, ज्ञानुमाया नाछिरिङ, थर्चेन शेर्पा, सोनाम तामाङ, बिकास राई, प्रविन कुलुङ, मिस्टर सन्देश राई, मनोज तामाङ, अंचल राई, शैलेन्द्र तामाङ, दायाङ्जी शेर्पा, सुनिल बस्नेत, छिरिङ शेर्पा रहनुभएको छ ।

नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष दोर्जी जाङ्बु लामाको प्रमुख अतिथ्यतामा भएको भेलामा जिल्ला कमिटी सचिव डिल्ली राई, जिल्ल्ला कमिटी सदस्य मणिकर्ण राई, युवा संघ केन्द्रिय सदस्य किशोर कटुवाल लगायतले बोल्दै नवनिर्वाचित कमिटीलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

२०७५ जेठ २ अघिको एमाले हुँदाको २३ सदस्यीय जिल्ला कमिटी रहेकोमा ७ सात जना बाहेक सवै जना माधव नेपाल निकट अनेरास्ववियुमा रहेको नव गठित कमिटीका अध्यक्ष तेन्जी शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति : २६ श्रावण २०७८ मंगलबार ००:००  ७ : ५१ बजे