२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कमल थापा : राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी




काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रप्रति आफ्नो सम्मान रहेको बताएका छन्।

अफगानिस्तानमा राष्ट्रपति देश छाडेर भागेको प्रसंग निकाल्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा राजा र राष्ट्रपतिबीचको फरक भन्दै राजा देश छोडेर नभागेको जिकिर गरेका छन्।

उनले भनेका छन्, ‘तालिबानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ। २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो।’

तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ।२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ।
राजा र राष्ट्रपति बिचको फरक पनि यही हो

प्रकाशित मिति : ३२ श्रावण २०७८ सोमबार ००:००  ८ : १७ बजे