काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।
अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु
सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो िसजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ
सामाजिक सञ्जाल ट्वीटमार्फत उहाँले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री देउवाले सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको पनि उल्लेख गर्नुभएको छ ।







प्रतिक्रिया