३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

कारबाही रोक्न माग गर्दै माधव पक्ष संसद सचिवालयमा



काठमाडौं ।
नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही रोक्न माग गर्दै संसद सचिवालयमा पत्र पठाएका छन्।

बुधबार आफूनिकटका नेताहरुसँगको छलफलपछि कारवाही प्रक्रिया रोक्न माग गर्दै सचिवालयलाई पत्र पठाएका हुन्।

उनीहरुको पत्र सचिवालयमा पुगिसकेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले मंगलबार माधव नेपालसहितका १४ जनालाई कारवाही गरिएकोे पत्र संसद सचिवालयमा दर्ता गराएका थिए। सो पत्र आजै सभामुख अग्नि सापकोटा समक्ष पेश गरिएको छ।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  २ : ५२ बजे