३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

झलनाथ खनालको दिल्लीबाटै सनाखत



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि वरिष्ठ नेता झलनाथ खनालको सनाखत नयाँ दिल्लीबाटै भएको छ।

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले वरिष्ठ नेता खनालको सनाखत भारतको नयाँ दिल्लीबाट भएको जानकारी दिए।

निर्वाचान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीलाई सनाखतका लागि आज बोलाएको थियो। सोहीअनुसार एकीकृत समाजवादीका नेताहरुले आयोगमा पुगेर सनाखत गराएका छन्।

दिल्लीमा उपचाररत खनालले भने भौतिक रुपमा सहभागी हुन असम्भव भएको भन्दै मंगलबार दिल्लीस्थत नेपाली राजदूतावासबाटै सनाखतको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई पत्र पठाएका थिए। सोही पत्रका आधारमा आयोगले उनलाई सनाखत गर्ने व्यवस्था मिलाएको बताइएको छ।

प्रकाशित मिति : ९ भदौ २०७८ बुधबार ००:००  १ : ०२ बजे