२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

एकीकृत समाजवादीको बागलुङ संयोजकमा लालबहादुर थापा



काठमाडौं ।
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले बागलुङमा जिल्ला भेला आयोजक कमिटी गठन गरेको छ।

शनिबारको भेलाले लालबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयोजक कमिटी गठन गरेको हो। संयोजक थापा यसअघि नेकपा (एमाले) बागलुङका सचिव थिए।

भेलाले भूपाल चालिसेको संयोजकत्वमा चार सदस्यीय कार्यालय व्यवस्थापन उपसमितिसमेत गठन गरेको जनाएको छ। उक्त समितिमा जीवन आचार्य, हिमाल शर्मा र भरत पुरी सदस्य रहेका छन्।

सोही भेलाले विभिन्न उपसमिति गठन गरी जिम्मेवारी दिएको जानकारी दिइएको छ।

प्रकाशित मिति : १२ भदौ २०७८ शनिबार ००:००  ९ : ३४ बजे