७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

एमाले मोरङको समानान्तर कमिटी माधव नेपालको एकीकृत समाजवादीमा समाहित



विराटनगर ।
एमाले विवाद उत्कर्षमा पुगेका बेला गठन भएको मोरङ एमालेको समानान्तर कमिटी शनिबार नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ।

यसअघि शुक्रबार विराटनगर महानगर कमिटी समाजवादीमा समाहित भएको थियो। समानान्तर कमिटीको बैठकले चन्द्रवीर राई अध्यक्षतामा गठन भएको समानान्तर कमिटीले आफूलाई माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा समाहित हुने निर्णय गरेको हो।

मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो।

बैठकले जिल्ला पदाधिकारीहरूको जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। जसअनुसार दुई उपाध्यक्ष, सचिव, दुई सहसचिव र आर्थिक विभाग प्रमुखसमेतको जिम्मेवारी टुंगो गरेको हो।

एकीकृत समाजवादी मोरङले डा.उद्धव पोखरेललाई मोर्चा विभाग प्रमुख, राजन केसीलाई संगठन विभाग प्रमुख, चण्डी राईलाई स्कुल विभाग प्रमुख, निलम ढुंगेललाई श्रम तथा रोजगार विभाग प्रमुख र वसिम आलमलाई प्रचार प्रवक्ताको जिम्मेवारी तोकेको छ।

बैठकले १७ वटै स्थानीय तह र सबै वडामा पार्टीको भेला आयोजना गरी कमिटीहरूलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख वसिम आलमले जानकारी दिए।

प्रकाशित मिति : १२ भदौ २०७८ शनिबार ००:००  ९ : ५० बजे