१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

ओलीले जाली तमसुक गरेर ठगी गरे : प्रचण्ड



काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन् ।

अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको उनको भनाइ छ । शनिबार काठमाडौंमा वाईसीयल नेपालले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले तत्कालीन नेकपामा आफूहरूलाई अप्ठ्यारोमा पारिएको दुःखेसो पोखे ।

“अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँभन्दा के चाहियो रु हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर, त्यो खालि प्रधानमन्त्री प्राप्तिका लागि ठगी धन्दा रहेछ । उनको ठगी धन्दा, तमसुकमा सही गरेपछि त भयो भनी ठान्यौँ हामीले । तमसुक हेरेर बसियो, विचरा १ उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे,” प्रचण्डले भने ।

ओलीसँग गठबन्धन गरेर के पायौ रु भनेर आफूमाथि सत्तारूढ दलभित्रैबाट प्रश्न आउने गरेको गुनासो पनि उनले गरे ।

उनले सत्तारूढ गठबन्धनलाई कमजोर बनाउने कसरत भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाईसीयलका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, “प्रतिक्रियावादी शक्तिहरूले कुनै पनि रूपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँ न कहीँ पुरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन् । त्यसलाई रोक्नका लागि तपाईं युवाहरूप्रति पार्टीको ठूलो भरोसा छ ।”

युवा नै मुख्य शक्ति भएको उल्लेख गर्दै प्रचण्डले हरेक कमिटीमा उनीहरूको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराए ।

प्रकाशित मिति : १३ भदौ २०७८ आइतबार ००:००  ६ : ३० बजे