१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सत्तारुढ गठबन्धनको कार्यदल बैठक जारी



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ। सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदलको बैठक बसेको हो। सरकारलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम तय गर्नका लागि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन भएको थियो।

कार्यदलमा संयोजक खड्कासहित कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ र जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरू छन्। ५ दलीय सम्मिलित सत्ता गठबन्धनमा सहभागी भएको एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने बैठकमा सहभागी छैन।

प्रकाशित मिति : १८ श्रावण २०७८ सोमबार ००:००  १२ : २४ बजे