२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस गरे सभामुखसँग संवाद हुन सक्छः सुवास नेम्वाङ



काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूले कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकपछि संसद भवन परिसरमा पत्रकासँग कुरा गर्दै नेम्वाङले १४ जनालाई कारवाही गरेको सूचना टाँस गरे संवादको वातावरण बन्ने बताए । अहिले पनि सूचना टाँस गर्न मिल्छ र ? भन्ने पत्रकारको प्रश्नमा नेम्वाङले भने- ‘मिल्छ । नेपालमा कस्ता (कस्ता काम त भइरहेका छन् भने कानूनबमोजिमको यो काम किन गर्न मिल्दैन ।’

आफूहरूले माधव नेपालसहित कारवाही गरेका १४ सांसदको सूचना सभामुले टाँस नगरेर एमाले विभाजनको सहयोगी भएको भन्दै एमालले निरन्तर संसद अवरुद्ध गरिरहेको छ । एमालेबाट विभाजित भएर गएका एकीकृत समाजवादीका सांसदलाई गैरसांसद भन्दै एमालले सदनमा नाराबाजी गर्ने गरेको छ।

सभामुख अग्नि सापकोटाले एमालेले कारवाही गरेका सांसदको सूचना टाँस गर्न ढिलाइ गरेका थिए । एमाले विभाजित भएर नयाँ दल बनिसकेपछि भने कारवाहीको औचित्य सकिएको भन्दै सूचना टाँस नगर्ने निर्णय लिएका थिए ।

प्रकाशित मिति : २७ भदौ २०७८ आइतबार ००:००  ३ : ५७ बजे