२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

एकीकृत समाजवादीद्धारा केन्द्रीय कमिटी बैठक आह्वान



काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। असोज ५ गतेका लागि बैठक बोलाएको केन्द्रीय कमिटी सदस्य मेटमणि चौधरीले जानकारी दिए।

बैठकको मिति तय भए पनि स्थानको टुंगो भइनसकेको उनले बताए।

माधव नेपालको नेतृत्वमा एमालेबाट विद्रोह गरेर समाजवादी पार्टी गठन भएको हो। ३० सांसद र ५६ केन्द्रीय सदस्यहरुको सनाखतपछि निर्वाचन आयोगले नयाँ पार्टीको प्रमाणपत्र दिएको थियो।

प्रकाशित मिति : २८ भदौ २०७८ सोमबार ००:००  १ : ३२ बजे