७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एमाले स्थायी कमिटी बस्दै



काठमाडौ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज दिउँसो १ः०० बजे स्थायी कमिटी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा विधान महाधिवेशन तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए।

एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ। विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७८ आइतबार ००:००  ९ : २५ बजे