१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा (एस) बाणगंगाको इन्चार्जमा भट्टराई र अध्यक्षमा पन्थी



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाणगंगा नगरपालिकाको इन्चार्जमा कमल भट्टराई र अध्यक्षमा दीपक पन्थीलाई जिम्मेवारी दिइएको छ ।

पार्टीको पिस हिमालय रिसोर्ट बाणगंगामा सम्पन्न पहिलो वैठकले पन्थी र भट्टराईलाई अध्यक्ष र इन्चार्जको जिम्मेवारी दिएको हो । जिल्लामा आक्रमक रुपमा संगठन विस्तारमा लागेको नेकपा (एस) लाई बाणगंगामा थप सुदृढ गराउनको लागि उहाँहरुलाई सो पदको जिम्मा दिइएको जिल्ला अध्यक्ष लंका हमालले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सदस्य क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रउफ लगायतले उहाँहरुलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

विद्यार्थी संगठनबाट राजनीति सुरु गर्नु भएका इन्चार्ज भट्टराई नेकपा एमालेमा परिचित र प्रभावशाली युवा नेता हुनुहुन्थ्यो । जिल्ला सचिवालय सदस्य समेत रहनु भएका उहाँले एमाले–माओवादी मिलेर बनेको तत्कालिन नेकपा र अहिलेको एमालेले जनमत अनुसार काम नगरेको, कम्युनिष्ट सिद्धान्त र पद्धती विगारेर अगाडी बढेको, पार्टीमा एकलौटी हैकमबाद लादिएको भन्दै त्यसलार्ई चिर्न नेकपा (एस) डटेर अगाडी बढ्ने बताउनु भयो ।

लामो समय बामपन्थी आन्दोलनमा रहनु भएका नगर अध्यक्ष दीपक पन्थीले पनि बाणगंगामा संगठन पुर्ननिर्माण अभियान चलाइने बताउनु भयो । केपी ओलीको एकलौटी प्रवृत्तिका कारण एमालेजस्तो संगठन धुजाधुजा भएको बताउँदै त्यसरी नेतृत्व अघि बढ्न नहुने समेत बताउनु भयो ।

पार्टीको प्रथम वैठकले जिल्लामा पदाधिकारीको पनि टुङ्गो लगाएको छ ।

यो पनि… यी हुन नेकपा (एस) कपिलवस्तुको जिम्मेवारी पाउने नेताहरु (सूचिसहित)

नेकपा (एस) बाणगंगाको इन्चार्जमा भट्टराई र अध्यक्षमा पन्थी

नेकपा (एस) शिवराजको इन्चार्जमा शर्मा, अध्यक्षमा पौडेल

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ६ : ५२ बजे