१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेकपा (एस) शिवराजको इन्चार्जमा शर्मा, अध्यक्षमा पौडेल



मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा (एकीकृत समाजवादी) शिवराज नगर कमिटीको अध्यक्षमा युवा नेता सरोज पौडेल चयन हुनुभएको छ । शुक्रबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

शिजराज क्षेत्रका लोकप्रिय युवा नेता पौडेल विभिन्न संघ संस्थाको कुशल नेतृत्व गरिसक्नुभएको छ । यस अगाडी शिवराज जेसिज, रेडियो भ्वाइस लगायतमा अध्यक्ष भएर काम गरिसक्नुभएको छ भने, उहाँ सफल व्यवसायी पनि हो ।

नेकपा (एस) को जिल्ला नेता समेत रहनुभएका पौडेल केपी ओलीले संसद र पार्टी विघटन गरेपछि त्यसका विरुद्ध संघर्षमा उत्रिनुभएको थियो ।

यस्तै नगरमा इन्चार्जको जिम्मेवारी पाउनुभएका छविलाल शर्मा पुराना एमालेका नेता हुनुहुन्छ । अर्घाखाँचीको जुकेनामा बसि लामो समय राजनीति गर्नुभएका शर्मा पछिल्लो समय चन्द्रौटामा बसाईसराई गरी आउनुभएको हो ।

शर्माले शिवराजको इन्चार्ज पाएपछि त्यस क्षेत्रमा नेकपा (एस) थप मजबुत बन्ने पार्टीले विश्वास लिएको जिल्ला अध्यक्ष लंका बहादुर हमालले बताउनुभयो ।

यो पनियी हुन नेकपा (एस) कपिलवस्तुको जिम्मेवारी पाउने नेताहरु (सूचिसहित)

नेकपा (एस) बाणगंगाको इन्चार्जमा भट्टराई र अध्यक्षमा पन्थी

प्रकाशित मिति : ८ आश्विन २०७८ शुक्रबार ००:००  ७ : ०२ बजे