७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको साधारण सभा सम्पन्न



मायादेवी अनलाइन, चारनम्वर ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति कपिलवस्तुको दशौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष लोक तथा दोहोरी गायक डिल्ली नारायण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका लुम्विनी प्रदेश सचिव टिकाराम लुइटेल, संस्थाका लुम्बिनी प्रदेश सदस्य तथा प्रतिष्ठान कपिलवस्तुका संस्थापक अध्यक्ष पूर्णचन्द्र परियारको विशिष्ठ आतिथ्यतामा सिद्धार्थ क्याम्पस बुङचीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाले गरेकोको बार्षिक प्रतिवेदन संस्थाका सचिव सुशिल खत्री र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सुमन पौडेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिल्लीनारायण पाण्डेले प्रतिष्ठान कपिलवस्तुले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा कपिलवस्तु प्रतिष्ठानलाई उत्कृष्ठ जिल्लाको रुपमा हेर्न चाहेको बताउनु भयो ।

संस्थाको दशौं साधारण सभाको अवसरमा नेपाली लोक संस्कृतिको संरक्षण तथा संवद्र्धन मूल ध्येयका साथ रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ४ मा बन्र्दै गरेको लुम्बिनी लोक सांस्कृतिक संग्रालय निर्माण गर्नका लागि दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुले कम्तिमा रु एक लाख रुपैया सहयोग गर्ने संस्थाका अध्यक्ष अधिकारीले बताउनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षतामा, महिला उपाध्यक्ष सारदा खनलाको स्वागत र सचिव सुशिल खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  ५ : ३७ बजे