१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

एमाले, कांग्रेस त्यागेर जसपामा भित्रिए दर्जन बढी नेता तथा कार्यकर्ता



कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले कपिलवस्तुको शुद्धोधन गाउँपालिका स्थित वडा नम्बर ४ मा वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ ।

पार्टीको संगठन सुदृढीकरण अभियान अन्र्तगत अयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगाएत विभिन्न पार्टी परित्या गरी २ सय ५० भन्दा बढी जसपा कपिलवस्तुमा प्रवेश गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो । पार्टी प्रवेश कार्यक्रमका क्रममा लोकतान्त्रिक समाजवादीमा गएकाहरु पनि जसपामा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई जसपा नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका सहसराम यादवले स्वागत गर्नुभएको छ ।

कार्यक्रममा पूर्व मन्त्री तथा जसपा प्रदेश इन्चार्ज दानबहादुर चौधरी, प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, मायादेवी गाउँपालिका अध्यक्ष बजरंजी चौधरी, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ लगाएतको आतिथ्त्यता रहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८ शनिबार ००:००  ५ : ४५ बजे