६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

विप्लव र वैद्य पनि पाँच दलीय गठबन्धनमा जोडिनु हुन्छः प्रचण्ड




काठमाण्डौँ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्तारुढ गठबन्धनमा नेकपा विप्लव र मोहन वैद्यलाई पनि ल्याउने बताएका छन्।

उनले अहिलेको गठबन्धनमा अन्यलाई पनि ल्याउन पहल भइरहेको बताए।माडीमा कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भने, ‘अहिले एमालेविरूद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राष्ट्रिष जनमोर्चा सम्मिलित पाँच दलीय गठबन्धन छ। विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ।’उनले इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउने दाबी गरे।

अध्यक्ष प्रचण्डले भने, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हावी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्नेछौं।’उनले आगामी चुनावमा माओवादी, समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको बताए।एमाले हावी भएको क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको पनि प्रचण्डले बताए।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ८ : १२ बजे