२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

सल्यानमा नेकपा (एस) को पार्टी कार्यालय स्थापना



सल्यान ।
सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कार्यालय स्थापना गरिएको छ। जिल्लाको सदरमुकाम खलंगामा शुक्रवार पार्टीका केन्द्रिय उपमहासचिव प्रकाश ज्वालाले पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो ।

जिल्लाको सदरमुकाम खलंगास्थित पुरानो बसपार्क नजिकैँ एक घर भाडामा लिएर पार्टी कार्यालय स्थापना गरिएको हो । पार्टीको कार्यालय स्थापना सँगै अब भने पार्टीका हरेक गतिविधि पार्टी कार्यालयबाट नै सञ्चालन गरिने जनाइएको छ ।

यसले पार्टीको संगठन निर्माण, पार्टीका आन्तरिक गतिविधिलाई अगाडी बढाउन सहज हुने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८ शनिबार ००:००  ६ : ३५ बजे