२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

एमाले महाधिवेशनमा १९९९ प्रतिनिधिले भाग लिने



काठमाडौँ ।
नेकपा एमालेको १० औँ महाधिवेशनमा १९९९ जना प्रतिनिधिले भाग लिने भएका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ हुने निर्णय गरेको हो । यो संख्या स्थायी कमिटीले तय गरेभन्दा धेरै हो ।

यसअघि बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर केन्द्रीय कमिटीले संख्या बढाएको हो ।

नेकपा एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट २७ कात्तिकमा गर्ने भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८ शनिबार ००:००  ६ : ४६ बजे