२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

दाङमा नेपाल दलित मुक्ति संगठन गठन



दाङ ।
नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ती संगठन दाङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शुक्रबार दाङमा भएको भेलाले गणेश नेपालीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको जनाईएको छ।

नवगठित दलित मुक्ति संगठन दाङको उपाध्यक्षमा सुबास नेपाली, सुमित्रा बि.क., देबा नेपाली, कमल नेपाली र सचिवमा रमेश परियार चुनिएका हुन ।

त्यस्तै, भेलाले सन्दीप बि.क., महेश नेपालीलाई सह सचिवमा र तुलसिराम बि.क. लाई कोषाध्यक्षमा चयन गरेको छ । भेलामा पार्टीका केन्द्रिय सचिब एवम् लुम्बिनी प्रदेशका इन्चार्ज भागबत बिश्वासीले सो समिती घोषणा गर्नुभएको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८ आइतबार ००:००  ८ : १५ बजे