१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कर्णाली प्रदेशः एकीकृत समाजवादी दलको नेतामा चन्द्रबहादुर शाही चयन



कर्णाली ।
नेकपा (एकीकृत समाजवादी) ले कर्णाली प्रदेशसभा संसदीय दलका नेतामा चन्द्रबहादुर शाहीलाई चयन गरेको छ । मुगु प्रदेशसभा क्षेत्र ९क०बाट प्रत्यक्ष निर्वाचित उनी पार्टीको पोलिटब्युरो सदस्य र प्रदेशको सहइञ्चार्ज पनि छन्।

संसदीय दलले नेता शाहीका नेतृत्वमा तीन मन्त्रालय लिने गरी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ।

नेता शाहीले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर तिहारलगत्तै आफ्नो पार्टी सरकारमा जाने जानकारी दिए।

३५ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीका तीन सदस्य छन्। रासस

प्रकाशित मिति : १७ कार्तिक २०७८ बुधबार ००:००  १ : ०६ बजे