२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

विप्लव नेकपा त्यागे प्युठानका पूर्व जिल्ला सेक्रेटरी सुवेदीले



प्युठान।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्युठानका पूर्व जिल्ला सेक्रेटरी, राज्य कमिटी सदस्य तथा केन्द्रीय स्कुल विभाग सदस्य दधिराम सुवेदी (सार्जुल) माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई माओवादी केन्द्रका लुम्बिनी प्रदेश संगठन कमिटी सचिवालय सदस्य तथा प्युठान जिल्ला संयोजक कृष्ण अधिकारी (प्रकाश) ले स्वागत गरेका हुन्।

प्रवेश गरेका सार्दुलले देशको मुल प्रवाह, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ उपलब्धि हासिल गर्ने माओेवादी केन्द्र भएकाले विप्लव नेकपा त्यागेर नेकपा माओवादी केन्द्रमा रोजेको बताएका छन् ।

उनले सबै कम्युनिस्टहरूलाई देशको परिवर्तन तथा जनताको समृद्धिका लागि प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नै सच्चा कम्युनिस्ट शक्ति भएको भन्दै सबैलाई माओवादी केन्द्रमा गोलबन्द हुन आव्हान गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८ बिहिबार ००:००  ६ : ५० बजे