३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

तोकिएकै समयमा महाधिवेशन हुन्छः सिटौला



काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन हुने बताएका छन्। कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्ने बताएको छ।
गणेशमान सिंहको १०७ ‍औं जन्मजयन्तीको अबसरमा काठमाडौंमा आज भएको कार्यक्रममा बोल्दै सिटौलाले समयमै महाधिवेशन हुने बताए।

‘अहिलेको कार्यतालिका एक दिन पनि परिवर्तन गर्ने ठाउँ छैन,’ सिटौलाले भने, ‘छोटो समयमै वडादेखि केन्द्रको महाधिवेशन गर्नुपर्ने अवस्था छ।’ कांग्रेसले बाँकी रहेका १३ जिल्लामा कात्तिक २७ मा वडा अधिवेशन गर्ने र मंसिर १० मा जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ। उनले महाधिवेशन सफल बनाउन सबै लाग्नुपर्ने पनि बताएका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०७८ बुधबार ००:००  ३ : ०९ बजे