३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

कांग्रेस सल्यानको प्रदेश (ख) मा सुरेश चन्द निर्वाचित



दाङ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सल्यानको प्रदेश सभा (क) को सभापतिमा सुरेश चन्द निर्वाचित भएका छन्। उनी संस्थापनइतर पक्षधर हुन्। उनी अहिलेका कांग्रेस सल्यान जिल्ला सभापति गणेश चन्दका छोरा हुन्।
चन्दले प्रदेश सभा (क) मा प्रतिष्पर्धी गोरख खत्रीलाई ११ मत अन्तरले पराजित गरेका छन्। चन्द ३१४ मत प्राप्त गर्दा खत्रीले भने ३०३ मत प्राप्त गरेका थिए। त्यस्तै, उपसभापतिमा यज्ञबहादुर खड्का ३१७ र भूपाल साहु २९४ मत प्राप्त गरी निर्वाचित भए।

सचिवमा धनेष बुढाथोकी ३३३ र चमन बुढाथोकी ३२५ मत प्राप्त गरी निर्वाचित भए। त्यस्तै सहसचिवमा लोकबहादुर शाहीले २८५, धनराज केसी र तेजबहादुर रावतले समान २७६ मत प्राप्त गरेका छन्। यहाँ कुल ६५७ मत मध्य ६२७ मत खसेको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ। चन्द भन्दा केही बेर अगाडि सार्वजनिक मत परिणाम अनुसार प्रदेश ९ख० को सभापतिमा शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी निर्वाचित भएका थिए। अधिकारी पनि संस्थापनइतर हुन्।

प्रकाशित मिति : ४ मंसिर २०७८ शनिबार ००:००  १० : ४५ बजे