राप्रपामा नेता लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा


काठमाण्डौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपालगञ्जका मेयरसमेत रहेका नेता धवल शम्शेर राणाको समर्थनमा उहाँले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

काठमाण्डौमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उहाँले आम कार्यकर्ता र शुभेच्छुकका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

उहाँले अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा। प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै आलोचना पनि गर्नु भएको छ । आउँदो १५ गतेदेखि १७ गतेसम्म राप्रपाको महाधिवेशन काठमाण्डौमा हुँदैछ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस