८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बारले आज नेकपा (एस) अध्यक्ष नेपाललाई ज्ञापनपत्र बुझाउने



काठमाडौं ।
नेपाल बार एसोसिएसनका पदाधिकारीले आज आइतबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने विषयमा ज्ञापनपत्र बुझाउन बार पदाधिकारीले आज अध्यक्ष नेपाललाई भेट्न लागेका हुन्।

आज दिउँसो साढे २ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा भेटेर ज्ञापनपत्र बुझाउने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए। यसअघि बारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  १२ : ०१ बजे