७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

लाइसेन्स छपाइको काम आजबाट शुरु, तीन महिनाभित्र सबैले पाउने



लामो समयको अन्योलतापछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्स०छपाइ सुरु गर्ने भएको छ। विभागले खरिद गरेका १४ लाख स्मार्ट कार्ड आइसकेपछि आज म‌ंगलबार दिउँसो ३ बजेबाट लाइसेन्स छपाइ शुरु हुने भएको हो ।

विभागसँग रहेको मास प्रिन्टरबाट बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा दैनिक १० हजार लाइसेन्स छाप्न लागिएको निर्देशक डा। भुसालले बताए । विभागसँग एउटा मास प्रिन्टर र साना चारवटा मेसिनहरु छन्।

अहिले करिब चार लाख चालककले लाइसेन्स परिक्षा पास गरेपनि लाइसेन्स नपाएकोले तीन महिनामा छापेर सबैलाई लाइसेन्स वितरण गरिने उनको दाबी छ।लाइसेन्स पाउन बाँकी रहेका चार लाखलाई वितरण गरेपछि नविकरण गर्नेहरुलाई स्मार्ट लाइसेन्स दिइने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । मेसिनमा कुनै समस्या नआएमा अब लाइसेन्स नवीकरण गर्नेहरुले १० दिनमै लाइसेन्स पाउने उनको दाबी छ।तर काठमाडौंमा छपाइ गरेर पठाउँदा देशभरका यातायात व्यवस्था कार्यालयहरुबाट उपलब्ध गराउन भने थप केही दिन लाग्ने घिमिरेको भनाइ छ।

२०७७ मंसिरमा १४ लाख कार्ड खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको बोलपत्र अनुसार कार्ड ल्याउने ठेक्कामा स्मार्ट कार्ड एण्ड सोलुसन ९सेल्प० छनोट भएको थियो । तर उसले सम्झौताको एकवर्षपछि मात्र कार्ड ल्याएको हो ।

कार्ड ल्याउने जिम्मा सेल्पले पाएपनि विभागसँग रहेको सफ्टवेयर र प्रिन्टर भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सको भएकोले कार्डलाई सफ्टवेयर र प्रिन्टरसँग कम्प्याक्टिबल बनाउने ९पर्सनालाइजेसन० कसले गर्ने भन्ने विषयमा विवाद हुँदा कार्ड ल्याउन रोकिएको थियो । पछि मद्रास पर्सनालाइजेसन गरिदिन तयार भएपछि विभागले कार्डको अर्डर दिएको हो। ठेक्का पाउँदा तीन महिनामा ल्याउने गरी ठेक्का लागेको भएपनि पर्सनलाइजेसन विवादका कारण कार्ड ल्याउन एक वर्ष ढिला भएको हाृे ।

प्रकाशित मिति : १३ पुस २०७८ मंगलबार ००:००  २ : ४१ बजे