२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मूलुकलाई समृद्ध बनाउन गुणस्तरीय शिक्षा अनिवार्यः सांसद पन्थी



कपिलवस्तु ।

लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले राष्ट्रिय ढुकुटी बाहिर जान रोक्नुमा निजी क्षेत्रको अहम भूमिका रहेको बताएका छन् ।

निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कपिलवस्तुको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउन गुणस्तर शिक्षाको आवश्यक पर्ने बताएका हुन् ।

कार्यक्रमका विशिष्ठ अतिथि समेत रहेका सांसद पन्थीले सरकारी विद्यालयमा शैक्षिक गुणस्तर ल्याउनु, सरकारी बैंक तथा वित्तिय संस्थाको ढुकुटि वृद्धि गर्न निजी विद्यालयहरुले धेरै योगदान पुर्याएको बताए । शैक्षिक क्षेत्रमा अंग्रेजी पद्धतीको विकासका साथै प्रतिस्पर्धात्मक प्रणालीको सुरुवात नै निजी विद्यालयहरुले नै गरेको जिकिर गरे ।

उनले आफु भित्र रहेका कमजोरीहरुलाई सुधार गर्दै शैक्षिक क्रियाकलाप अगाडि बढाउन आग्रह गर्दै कपिलवस्तुका विद्यार्थी अध्ययनका लागि अन्य जिल्ला जाने प्रवृतिको अन्त्य गर्नमा प्याब्सन कलिवस्तु चनाखो हुनुपर्ने बताए ।

प्रकाशित मिति : १७ पुस २०७८ शनिबार ००:००  ९ : १४ बजे