२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

बहराइनमा रहेको नेपाली दूतावासले पनि दिन थाल्यो विद्युतीय राहदानी



काठमाण्डौ ।

बहराइनमा रहेको नेपाली दूतावासले पनि विद्युतीय राहदानी प्रदान गर्न थालेको छ । दूतावासले हिजो आइतबारदेखि विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरु गरेको बहराइनको मनामास्थीत नेपाली दूतावासले जनाएको छ । एमआरपीको अवधि सकिएर नवीकरणको प्रतिक्षामा रहनुभएकी शर्मिला लिम्बुको लाइभ इनरोलमेन्टसँगै यो सेवाको सुरुवात भएको हो ।
लाइभ इनरोलमेन्ट जारी भएको समयमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भच्र्युअल माध्यमबाट दूतावासमा सम्पर्क गर्नुभयो । विद्युतीय राहदानी तदारुकताका साथ जारी गर्न सफल भएकोमा उहाँले कार्यवाहक राजदूता अरुणा घिसिङ साथै दूतावासका कर्मचारीलाई बधाइ दिनुभयो । यस्तै राजदूत घिसिङले पनि आवश्यक उपकरण प्रदान गरेर विद्युतीय राहदानी प्रदान गर्न सहजीकरण गरिदिएकोमा राहदानी विभागप्रति आभार प्रकट गर्नुभयो ।

योसँगै दूतावासबाट अबदेखि विद्युतीय राहदानी मात्रै जारी हुने दूतावासले जनाएको छ । नेपाल सरकारले पछिल्लो समय एमआरपी राहदानीलाई हटाउँदै विद्युतीय राहदानी वितरण गर्न थालेको छ । योसँगै मलेसिया लगायत खाडीका अरु देश कतार,यूएई, साउदी र कुवेतमा रहेको नेपाली दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु गरिसकेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८ सोमबार ००:००  १ : १२ बजे