४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बुटवल उपमहानगरपालिकामा एमालेको विरासत तोडिएला ?



बुटवल ।
लुम्बिनी प्रदेशको राजधानी रहेको बुटवल उपमहानगरपालिकाको निर्वाचनमा मुख्य दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् ।

२०७४ को निर्वाचनमा एमालले जितेको बुटवलको विरासत बचाउन एमालले अन्तिम कसरत गरिरहेको छ । उता गठबन्धनवाटै बुटवलको प्रमुख पद पाएको नेपाली कांग्रेस एमाले किल्ला तोड्ने दाउमा छ ।

तर दुबै दललाई आ-आफ्ना चुनौती भने संग संगै छन् । नेकपा एमाललेलाई गठबन्धनको त्रास छ भने एमालेबाट फुटेर बनेको नेकपा एककिृत समाजवादीले बुटवलको विरासत जोगाउन चुनौती दिईरहेका छन् ।

गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीको गठबन्धनलाई चिरेर बुटवलमा नतिजा दोहोर्याउने दाउमा रहेको एमालेले उमेदवार छनोटलाई अन्तिम रुप दिन वाँकी छ ।

मजवुत गठबन्धन भएसंगै एकिकृत समाजवादीले काट्ने भोटले नतिजा तलमाथि हुने आंकलन गरिएको छ । २ हजार ३ सय ९४ मतले चुनाव जितेको एमालले बुटवलको नतिजा आफ्नो पक्षमा पार्न आक्रामक चुनावी शैली अपनाउने तयारी अघि बढाएको छ ।

त्यसो त गठबधन्धबाट बुटवलमा मेयर पाएको कांग्रेस आन्तरिक विवादमा फर्सेको छ । एकिकृत समाजवादीलाई उपमेयर दिएर चुनावी मैदानमा उत्रिने अन्तिम तयारीमा रहेको कांग्रेसलाई पार्टिका क्षेत्रिय सभापती हरि लम्सालको राजिनामा देखि नगर सभापती खेलराज पाण्डेको एकल सिफारिसले टाउको दुखाईको विषय बनेको छ ।

टिकट कसलाई दिने भन्ने विषय नटुगिंदै कांग्रेसको आन्तरिक विवाद सतहमा आएको हो । जसका कारण पनि कांग्रैसलाई बुटवलको चुनावी परिणामले झस्काएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  १० : ०५ बजे