१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

काठमाडौं महानगर मेयरमा कांग्रेसबाट सिर्जना सिंह



काठमाडौं ।
नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका मेयरमा सिर्जना सिंहको नाम टुंगो लगाएको छ ।

बुधबार बसेको कांग्रेस काठमाडौं महानगर समिति बैठकले मेयरमा कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिंहको नाम टुंगा लगाएको हो । यसअघि महानगर समिति बैठकले निलकाजी शाक्यको नाम एक नम्बरमा राखेर पठाएको थियो ।

तर, गठबन्धनले काठमाडौं महानगरपालिकाको मेयर कांग्रेसलाई दिएपछि पहिले महानगर समितिले नाम सिफारिस गरे पनि बुधबार नेतृ सिंहको नाम सिफारिस गरेको छ ।

कांग्रेस काठमाडौंका एक नेताले मेयरमा सिर्जना सिंहको नाम सिफारिस भइसकेको तर सार्वजनिक भने नगरिएको जानकारी दिए । उनका अनुसार वैशाख ११ गते मात्र नाम सार्वजनिक गरिनेछ ।

तर, सत्तारुढ गठबन्धनले बुधबार नै मेयरमा उठ्नेको नाम पठाउन भनेकाले आज महानगर समिति बैठकले सिंहको नाम सिफारिस गरेको हो । सिंह नेविसंघ, नेपाल महिला संघ हुँदै पार्टी राजनीतिमा लागेकी हुन् ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  १ : २६ बजे