१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

सभापोखरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एस विजयी



विराटनगर ।
संखुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका भीमबहादुर लिम्बू ३००७ मतसहित विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार रत्नबहादुर सुब्बाले २३०५ मत पाएका छन्।

यस्तै, गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार नेकपा एकीकृत समाजवादीका लक्ष्मी चापागाईं २४३९ मतसहित विजयी भएकी छन्। उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सविता बरालले २३७७ मत प्राप्त गरेकी छन्।

वडाध्यक्षहरू १ मा एमालेका ईश्वर पुलामी मगर, २ मा एमालेकै राजकुमार राई, ३ मा एमालेकै दिलबहादुर तामाङ, ४ मा कांग्रेसका शुक्रराज लिम्बू, ५ मा कांग्रेसकै मनिष लिम्बू र ६ मा कांग्रेसका जितेन्द्र बनेम निर्वाचित भएका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०७९ आइतबार ००:००  ९ : ४२ बजे