२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

पाल्पाको तिनाउमा कांग्रेस-माओवादी गठबन्धनलाई हराउँदै एमालेका प्रेम श्रेष्ठ विजयी



काठमाडौं ।
पाल्पाको तिनाउ गाउँपालिकामा कांग्रेस(माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेका प्रेम श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।

उनले ५०९० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजेश श्रेष्ठले ४४६६ मत ल्याए।

अघिल्लो निर्वाचनमा पनि एमाले उम्मेदवार औम बहादुर घर्ती मगर विजयी भएका थिए। उपाध्यक्षमा भने कांग्रेसका लालबहादुर थापा विजयी भए। उनले ५०८२ मत ल्याए। लालबहादुरले एमालेका सावित्रा गुरुङ रानाले पछि पारे। सावित्राले ४४६५ मत प्राप्त गरिन्।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ६ : ३६ बजे