३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

पोखरा विमानस्थलको धावनमार्ग नजिक तेल बोकेको ट्यांकर पल्टियो



काठमाडौं ।

पोखरा विमानस्थल भित्र धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएको छ। आज बिहान हेलिकप्टरमा तेल भर्न जान लागेको ट्यांकर पल्टिएको हो।

धावनमार्ग वरिपरिको सडकमा तेलको ट्यांकर पल्टिएपछि उडान तथा अवतरणका कार्य रोकिएका छन्। विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले दिएको जानकारीअनुसार पेरिमिटर रोड को नजिकै पल्टिएको ट्यांकर हटाउने तयारी भइरहेको छ।

‘अहिले उडान र अवतरण कार्य रोकिएको छ,’ सुवेदीले भने, ‘दुइटा क्रेन ल्याएर ट्यांकर उठाइन्छ त्यसपछि विमानस्थल खुल्छ।’ पल्टिएको ट्यांकर बिहान ९ बजेसम्म हटाइसक्ने गरी काम अगाडि बढेको उनले बताए। ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो। पोखिएको इन्धन सफा गर्ने काम भइरहेको छ। हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएको थियो।
विमानस्थल केही समयका लागि अवरूद्ध हुँदा विहानी सेवाका उडान तथा अवतरण रोकिएका छन्।

प्रकाशित मिति : १७ जेष्ठ २०७९ मंगलबार ००:००  ८ : ५५ बजे