५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेपालगञ्जमा उत्पन्न समस्याबारे सर्वदलीय बैठक बस्दै



दाङ ।

नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक राख्न खोज्दा उत्पन्न समस्या समाधान गर्नेबारे स्थानीय प्रशासनले सर्वदलीय बैठक आह्वान गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उत्पन्न असहज परिस्थिति बारे छलफलमार्फत समाधान खोज्न जिल्लाका सबै दललाई बोलाएको सेतोपाटीलाई जानकारी दिए।

‘सर्वदलीय बैठकका लागि हामीले जिल्लास्थित सबै दलका प्रमुख नेतालाई फोन गरिरहेका छौं,’ प्रजिअ खत्रीले भने, ‘आजै दिउँसो सर्वदलीय बैठक बसेर उत्पन्न समस्या समाधान गर्ने बिधि खोज्ने प्रयास हुनेछ।’ राप्रपालगाएत सबै दलका नेतालाई समेत छलफलका लागि बोलाइएको प्रजिअ खत्रीले जानकारी दिए।

नेपालगञ्जको वीरेन्द्र चोकमा शुक्रबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले राखेको राजा वीरेन्द्र शालिक प्रहरीले केही बेरमै हटाएपछि त्यहाँ झडप भएको थियो। अहिले पनि नेपालगञ्जमा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ४ : १० बजे