५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चुनावी समीक्षा गर्न लोसपाले बोलायो बैठक



काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले कार्यकारिणी बैठक बोलाएको छ।

वैशाख ३० गते भएको स्थानीय चुनावको समीक्षा र आगामी रणनीति तय गर्न जेठ २१ र २२ गते बैठक बोलाइएको लोसपा कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। कार्यकारिणी बैठक काठमाडौंमा बस्नेछ। वैशाख ३० गते भएको चुनावमा लोसपाले १४ पालिकामा प्रमुखरअध्यक्ष जितेको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ४ : १४ बजे