२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

चीनमा अध्ययनरत विद्यार्थीलाई पुनः पठाइने, पहिलो चरणमा २८१ जना जाने



काठमाडौं ।

सरकारले चीनमा अध्ययनरत विद्यार्थीलाई पुनः अध्ययनका लागि पठाउने प्रक्रिया थालेको छ । कोरोनाका कारण चीनमा अध्ययनरत २ सय ८१ विद्यार्थीलाई पहिलो चरणमा पठाउने प्रक्रिया थालेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सन् २०२० मा कोरोनाले स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई अध्ययनमा निरन्तरताका लागि भिसा प्राप्तिका लागि निवेदन दिन भनेको हो ।


सरकारले २०७६ साल फागुन ४ गते कोरोनाको उद्गमस्थल चीनको वुहानबाट पहिलो चरणमा १७५ नेपालीहरूलाई उद्दार गरेर ल्याइएको थियो। त्यसपछि पनि नेपाली विद्यार्थीलाई फर्काइएको थियो । तर कोरोनाका कारण बीचमा अध्ययन छाडेर आएका विद्यार्थी कोरोनाले चीन जान पाएका थिएनन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  ७ : ४४ बजे