७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

राप्ती हाइड्रोको आईपीओ मंगलबारदेखि भर्न सकिने



काठमाडौं ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएको छ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् रुकुम पूर्व र रुकुम पश्चिमका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको बताएको छ।

निष्काशन बन्द छिटोमा असार ७ र ढिलोमा असार २२ गते हुनेछ। ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० अधिकतममा ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २४ जेष्ठ २०७९ मंगलबार ००:००  ७ : ५९ बजे