२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

पाल्पामा जनतासँग कांग्रेस अभियान जारी



पाल्पा ।

आगामी मङ्सिर ४ हुने संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस पाल्पाले जिल्लाका प्रतिनिधि सभाका २र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनतासँग कांग्रेस अभियान कार्यक्रम गरिरहेको छ । भदौ १० गते पाटी कार्यालय तानसेनबाट सुरु भएको कार्यक्रम भदौ २४ गते बिपी जयन्तीको दिन समापन हुने नेताहरूले बताएका छन् ।

कार्यक्रममा सबै मतदाताहरूलाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्ने, जनताको घर घरमा पुगी जनताका गुनासा, सुझाव सुन्ने, कांग्रेसले गरेको विकास निर्माण तथा कामको बारेमा जानकारी गराउने, आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन जनतासँग अपिल गर्ने र वर्तमान अवस्थामा निर्वाचनको तालमेलबारे पाटी कार्यकर्ता तथा जनता लाई जानकारी गराउने लगायतका विषयमा पाटी कार्यकर्ताहरू लाई जानकारी गराउँदै आएको पाटी सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए ।

भदौ १७ गते महिलासँग कांग्रेस, भदौ १८ गते पाल्पाका १० वटै गाउँपालिका र ८१ वटा वडामा वडा समिति, क्षेत्रीय समिति, निर्वाचित नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधि र स्थानीय निर्वाचनमा उम्मेदवार बनेका नेपाली कांग्रेस उम्मेदवार तथा स्थानीय कांग्रेसको सहभागितामा वृहत अन्तरक्रिया कार्यक्रम, भदौ १९ गते युवा सँग कांग्रेस, भदौ २१ गते विधार्थीसँग कांग्रेस र भदौ २४ गते वडामा बिपी जयन्ती सहितको अन्तरक्रिया कार्यक्रम राखिएको पाटी सभापति श्रेष्ठले बताए । जनतासँग कांग्रेस अभियानको लागि पाल्पामा केन्द्रीय प्रतिनिधिको रूपमा पाटी केन्द्रीय सदस्य अब्दुल रजाक रहेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७९ बिहिबार ००:००  १२ : ५८ बजे