१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024

एकीकृत समाजवादीबाट पाल्पा २ मा पाण्डे सिफारिस



पाल्पा ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पाले क्षेत्र नं. २ मा सोमप्रसाद पाण्डेको नाम एकल सिफारिस गरेको छ ।

पार्टीको तानसेनमा बसेका जिल्ला सचिवालय बैठकले पाण्डेयलाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका पाण्डेय २०५१ सालदेखि भएका सबै चुनाव यही क्षेत्रबाट उठ्दै आएका छन् ।

२०६४ को चुनावमा पराजित भए पनि अरु सबै चुनाव उनले जितेका पनि छन् । तर यसपटक उनी फरक पार्टी र फरक चुनाव चिह्नबाट चुनाव लड्दै छन् ।

नेकमा एमालेबाट पटक पटक सांसद भएका पाण्डे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एकीकृत समाजवादीमा समाहित भएका थिए ।

पाण्डे एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका सम्धी समेत हुन् । सम्धीको पछि नलागेर अन्तिम अवस्थासम्म पार्टी मिलाउने भन्दै एमालेमै रहेका उनी अन्तिममा अध्यक्ष ओली पार्टी जोगाउने पक्षमा नरहेको भन्दै एकीकृत समाजवादीमा गएका थिए ।

समाजवादीबाट अरु क्षेत्रमा पनि सिफारिस

एकीकृत समाजवादीले पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि लेखनाथ पोखरेलको नाम सिफारिस गरेको छ ।

यस्तै समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खसआर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको पार्टीका प्रचार विभाग प्रमुख पदम गैरेले बताए । यस्तै क्षेत्र नं. १ को समानुपातिकमा लुम्बिनी प्रदेश मन्त्री रहेकी रमा घर्तीको नाम एकल सिफरिस भएको छ ।

समाजवादीको बैठकले प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली पनि टुंगो लगाएर सिफरिस गरेको छ । जस अनुसार क्षेत्र नं. १ (क) बाट प्रत्यक्षमा विनोद श्रेष्ठ र कमल सेन, क्षेत्र नं १(ख) बाट पदम अर्याल, टोपबहादुर जर्घा र ईश्वरी श्रेष्ठको नाम सिफारिस भएको छ ।

समानुपातिकमा क्षेत्र १ (क) बाट महिलामा तारा कँडेल, दलितमा सर्वजित विश्वकर्मालाई सिफारिस गरिएको हो । क्षेत्र १ (ख) मा महिलाबाट नारायणी खनाललाई सिफारिस गरेको प्रचार विभाग प्रमुख गैरेले बताए । गैरेका अनुसार क्षेत्र २ (क) मा खिमानन्द पाण्डे, मोहनलाल गैरे, वसन्त जीआर, निमनारायण ढुंगाना तथा क्षेत्र २ (ख) मा झलक रायमाझी र कमल रायमाझीलाई उम्मेदवार सिफारिस गरेको छ ।

यस्तै समानुपालिकतर्फ क्षेत्र नं. २ (क) बाट गोदावरी ज्ञवाली तथा क्षेत्र नं। २ (ख) बाट बलबहादुर सुनार र दुर्गा भण्डारीलाई सिफारिस गरेको नेकपा एकीकृत समाजवादी पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९ मंगलबार ००:००  ११ : २९ बजे