१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

एमाले देवदह अध्यक्षद्धारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा



बुटवल ।

नेपाल कम्युनिस्ट पार्टी एमाले देवदह नगरपालिका कमिटीका अध्यक्ष टीकाराम चापागाईंले पार्टी परित्याग गरेका छन् ।
देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले आगामी प्रतिनिधि सभा चुनावमा रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे । २०७४ सालमा भएको स्थानीय चुनावमा चापागाईं कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीसंग झिनो मतले पराजित भएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७९ शनिबार ००:००  ६ : २४ बजे