१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

नेपाल एकीकरणमा खाँची राज्यको भूमिका महत्त्वपूर्णः पुष्पा भुसाल



अर्घाखाँची ।
अर्घाखाँचीको खाँचीकोटमा निर्माण भएको कालिका भगवती देवीको मन्दिर प्रतिनिधि सभाका उपसभामुख पुष्पा भुसालले उद्घाटन गर्नुभएको छ ।

चौबीसे राज्यअन्तर्गत रहेको यस खाँची राज्यमा रहेको कालिका देवी भगवतीको मन्दिर एक करोड ३० हजार रुपैयाँको लगानीमा निर्माण गरिएको हो । आज सोमवार बाजागाजा र कलश यात्राका साथ मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।

मन्दिर उद्घाटन गर्दै उपसभामुख भुसालले नेपालको इतिहासमा खाँची राज्य, खाँची दरबार र मन्दिरको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले चन्द्रप्रभावती (पृथ्वीनारायण शाहकी जेठी मुमा) यसै राज्यको राजकुमारी भएको बताउँदै उहाँकै शिक्षा र राजकीय रणकौशलबाट नेपाल एकीकरण भएको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री चेतनारायण आचार्य, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, उपमेयर मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाललगायतले खाँची राज्यको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९ मंगलबार ००:००  ८ : ०० बजे