४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



बाँके।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेटको ब्यारेलमा गएराती मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतिय नागरिक ३२ वर्षीय सन्दिप कुमार साहु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय पृथ्बी राजपुलको सोही अस्पतालमा उपचार भइरहेको छ।

नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती पौने ११ बजे अनियन्त्रित भइ भन्सार गेटको ब्यारेलमा ठोकिएको भन्सार सुरक्षा गार्ड बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९ बुधबार ००:००  १२ : ०५ बजे