३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सत्ता गठबन्धनमा सिट बाँडफाँडः एकीकृत समाजवादीले १७ सिट पाउने सहमति



काठमाडौं ।
सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने करिब सहमति भएको हो ।

जसअनुसार समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र दिइने भएको हो ।

तर, ती मध्ये केही निर्वाचन क्षेत्रमा अन्य पार्टीले दाबी गरेकाले अन्तिम रुप दिन बाँकी रहेको छ । बारा ४, धादिङ १, अछाम १ मा छलफल गरेर अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९ बिहिबार ००:००  ८ : ०९ बजे