६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कपिलवस्तुमै पहिलो पटक लुम्बिनी भिजन कलेजमा बिबिए कक्षा सञ्चालन



सूर्य चुदाली, वाणगंगा
कपिलवस्तु जिल्लाकै उत्कृष्ट शैक्षिक धरोहर बाणगंगा ३ गंगौलिया अवस्थित लुम्बिनी भिजन कलेजले यसै शैक्षिक सत्रबाट बिबिए कक्षा सञ्चालन गर्ने भएको छ । शनिवार क्याम्पसले एक कार्यक्रमका बिच सिद्धाार्थ ग्रिन लुम्बिनी रिसोर्ट चन्द्रौटामा आफ्ना बिबिए पहिलो व्याचका विद्यार्थीहरुलाई अभिमुखीकरणा कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा बोल्दै वाणागंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले यो क्षेत्रमा बिबिए कक्षा सञ्चालन गरी शिक्षा आर्जनका लागि सहर केन्द्रित हुनुपर्ने बाध्यता हटेर गएकोले यो जिल्ला तथा आसपासका जिल्लाका विद्यार्थीहरुलाई आफ्नै घरको खाना खाइ सहजै रुपमा शिक्षा प्राप्त गर्न सकिने भएको हुँदा यो क्याम्पस व्यवस्थापन विषय पढ्नेहरुको पहिलो रोजाइ हुने बताउनुभयो ।

त्यसै गरी कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले कपिलवस्तुको लुम्बिनी भिजन कलेजमा बिबिए कार्यक्रम सञ्चालनमा आएसँगै यस क्षेत्रले शैक्षिक रुपमा फड्को मार्न सफल भएको बताउनुभयो ।

उक्त कार्यक्रममा रिसोर्स पर्सनका रुपमा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा बिबिए कार्यक्रमका डाइरेक्टर डा.सन्तोष ज्ञवालीले बिबिए कार्यक्रम र यसको महत्व माथि प्रकाश पार्दै विश्व वजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने यो कार्यक्रम अत्यन्तै उपयोगी तथा समय सापेक्ष रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा अर्का रिसोर्स पर्सनका रुपमा उपप्राध्यापक उज्ज्वल अधिकारीले अहिले जति पनि बैंकिङ्ग तथा वित्तिय क्षेत्र छन् ती सबैमा बिबिएको जनशक्तिलाई पहिलो प्राथमिकतामा राखिएकोले यसको अध्ययन पश्चात बजारमा सजिलै रोजगारी प्राप्त गर्न सकिने हुँदा यस प्रति विद्यार्थीको रुचि बढि रहेको बताउनुभयो ।

त्यसै गरी लुम्बिनी भिजन कलेजका बिबिए डाइरेक्टर नारायण बेल्बासेले कार्यक्रमको विषयवस्तु तथा महत्वमाथि प्रकाश पार्दै शान्त तथा मनोरमपूर्ण वातावरण भएको दक्ष तथा अनुभवी शिक्षकहरुद्वारा शिक्षण गरिने सुबिधा सम्पन्न र आधुनिक प्रविधियुक्त यस क्याम्पसमा निर्धक्क भएर बिबिए अध्ययनका लागि आउन आह्वान समेत गर्नुभयो ।

५० जनाको सहभागीतासँगैको उक्त कार्यक्रम क्यापसका प्राचार्य सुन्दर पाण्डेकोे अध्यक्षत , लुम्बिनी भिजन प्रा.लि.का सिइओ कृष्ण के.सी. को स्वागत मन्तव्य र सहायक क्याम्पस प्रमुख मनोज खत्रीको सञ्चालनमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९ आइतबार ००:००  ४ : ३७ बजे